Sagun Khabar
बैतडीको  सिगास मावि गौरिशङ्कर पोखरीले मनायो ५७ औँ वार्षिकोत्सव

बैतडी- बैतडीको  सिगास माविले ५७  औँ वार्षिकोत्सव मनाएको  छ । ५७ बसन्त  पारगरि ५८ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा आज  जिल्लाको पाटन नगरपालिका वडा नं ३  स्थित  सिगास मावि गौरिशङ्कर पोखरीले  विभिन्न कार्यक्रम गरि ५७ औँ वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनि दत्त पन्तले १ करोड ८३ लाख ८१ हजार ४सय ८२  बराबरको आयव्य प्रस्तु गरेका छन् । यस्तै  विद्यालयले पढाइमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । 

साथै  विद्यालयको विकासका लागि योगदान पु¥याएका भूतपूर्व  विद्यालय  व्यवस्थापन समिति पदाधिकारी, अभिभावक , शिक्षक  कर्मचारीहरुलाई  कदर र सम्मान पत्रका साथ दोसल्ला र फूलमाला सहित  अबिर लगाएर सम्मान गरिएको विद्यालयका शिक्षक लबदेव अवस्थीले जानकारी दिए ।

विद्यालयको सर्वाङ्गणिय विकासका लागि योगदना गर्नेहरु शिक्षक, कर्मचारी र अभिभाक सम्मानित भएका उनले बताए ।  २०२२ सालमा स्थापना भएको सिगास माविमा कक्षा १२ सम्मको पढाइ हुन्छ । विद्यालयमा २६ जना  शिक्षक कर्मचारी र करिब ५ सय  विद्यार्थी  अध्यानरत रहेका शिक्षक अवस्थीले बताए  ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर दत्त पन्तको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव  कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी प्रमुख आतिथि रहेका थिए ।  

कार्यक्रममा बैतडीको  प्रदेश सभा क बाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पाल, पाटन नगरपालिकाका प्रमुख गौरि सिंह रावल, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

यस्तै  कार्यक्रममा मंसिर ४ मा  सम्पन्न संसदीय चुनावमा प्रधानमन्त्री शेर बहादुर देउवाका प्रतिस्पर्धि  सागर  ढकालको  पनि सहभागिता रहेको  थियो  ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update