Sagun Khabar
गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता होः सांसद भण्डारी

बैतडी- बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दामोदर भण्डारीले  विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै आज यस्तो बताएका हुन् ।

जिल्लाको पाटन नगरपालिका वडा नं ३ मा रहेको सिगास मावि गौरिशंकर पोखरिको ७७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकाले यसको  विकास  हुनु पर्नेमा जोड दिएका छन् । 

समयक्रम संगै शैक्षिक केन्द्रहरुको विकास पनि हुँदै गएको भन्दै उनले अझ शैक्षिक संस्थाहरुलाई प्रतिस्पर्धि बनाउनु पर्ने बताए । यस्तै २० प्रतिशत लगानि पनि शिक्षा क्षेत्रमा नभएको भन्दै यसले शिक्षा क्षेत्रको विकास नभइरहको औँल्याए । राज्यले अधिकत्म लगानि शिक्षामा लगाउन आवश्यक रहेको उनको  भनाई थियो ।

विगतका दिनमा जिल्लामा शिक्षाको भौतिक पूर्वाधार क्षेत्रमा विकास भएको भन्दै उनले अब शिक्षाको गुणस्तर सुधारमा ध्यानदिनु पर्ने बताए । शिक्षाको गुणस्तर वृद्धि गर्न र शिक्षालाई समयानुकूल बनाउन स्थानीय सरकारले सोच्नु पर्ने उनले बताए । सिगास मावि गौरिशंकर पोखरिको समग्र विकासका लागि आफु तयार रहेको सांसद भण्डारीले बताए । 

उनले विद्यालयलाई प्राविधिक शिक्षालय,आवासीय विद्यालय बनाउन प्रस्तावित गरे आफनो सधै साथ, सहयोग र सर्मथन रहने बताए । यस्तै उनले अर्काे प्रसंगमा बोल्दै  सरकार  कस्तो आकारको बन्ने भन्ने निश्चित भइनसकेको समेत बताएका छन् । सत्तारुढ गठबन्धन भित्र पनि विभिन्न असन्तुष्टि देखा परेका भन्दै सरकारको आकार कस्तो बन्ने  भन्ने प्रष्ट आइ नसकेको उनले  बताए । 

आफु सत्ता वा प्रतिपक्ष जुन अवस्थामा बसेपनि बैतडीका जनताले संसदमा देख्ने र बुझने गरि अवाजहरु  उठाउने उनले दाबी गरेका छन् । मतको अपमान हुने काम  आफ्नो  हातबाट नहुने उनको  भनाई  थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update