Sagun Khabar
बैतडीमा पनि  मनाइयो विश्व एड्स दिवस

बैतडी- बैतडीमा पनि विश्व एड्स दिवस मनाइएको  छ । ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने नाराका साथ आज  विभिन्न कार्य्रकम गरि  ३५औँ विश्व एड्स दिवस बैतडीमा पनि मनाइएको हो ।

सरोकारवालाहरुको उपस्थितिमा जिल्लामा एड्सको अवस्था, नियन्त्रण र रोकथाममा भइरहेका प्रयास र चुनौती बारे छलफलका साथै गोठलापानी बजारमा दिप प्रज्वलन गरेर दिवस  मनाइएको  स्वास्थ्य  कार्यालय  बैतडीका  प्रमुख  योगेश प्रशाद भट्टले  बताए ।

एड्स रोग लागेर  दिवंगत भएकाहरुको आत्माको  शान्तीको  कामना गर्दै  गोठलापानी  बजारमा दिप प्रज्वलन गरिएको  उनले  बताए । आज देशैभरि  विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व एड्स दिवस  मनाइएको  छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update