Sagun Khabar
बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

बैतडी –लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बैतडीका विभिन्न ठाउँमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका ६ मा होनहार किशोरकिशोरी समूहको आयोजना र मठैराज किशोरकिशोरी समूहको सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । जगदम्बा मावि हतरंगमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रचण्ड भट्ट प्रथम, आयुष भट्ट द्वितीय, सरीता भट्ट तृतीय र लक्ष्मण भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

प्रथम हुनेलाई नगद एक हजार सहित प्रमाणपत्र , दोश्रो हुनेलाई नगद ८ सय सहित प्रमाणपत्र, तेश्रो हुनेलाई नगद ६ सय सहित प्रमाण पत्र र सान्तवना स्थान प्राप्त गर्नेलाई नगद चार सय सहित प्रमाण पत्र प्रदान गरिएको होनहार किशोरकिशोरी समूहकी सहजकर्ता हरु भट्टले बताइन् । 

र्लैंगिक हिंसा न्यूनीकरणका लागि किशोरकिशोरीहरुलाई सक्रिय बनाउन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनमा रहेको छ । वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्नका लागि मेलौली नगरपालिकाले समेत सहयोग गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update