बैतडीको सुर्नयाले करार कर्मचारीको अवधि नथप्ने
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले करारका कर्मचारीको सम्झौता अवधि नथप्ने भएको छ । गाउँपालिकामा विभिन्न पदमा कार्यरत रहेका कर्मचारीहरुको पौष मसान्त सम्म मात्रै कार्य सम्झौता अवधि रहेकाले त्यो पछि सम्झौता नवीकरण नगर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा रहेका कर्मचारीहरुको अवधि नथप्ने जनाएको हो । गाउँपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा प्रक्रिया नपुर्याएर राखिएका कर्मचारीहरुको करार अवधि नथपिने प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्




