Sagun Khabar
माया हत्याका आरोपी टिकटकमा, ‘मैले मायाको हत्या गरेको होइन’

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ बर्षीया माया लुहारको हत्याका आरोपी भरतराम कोलीले आफूले मायाको हत्या नगरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा उनले आफूले मायाको हत्या नगरेको दाबी गरेका हुन् । 

यता मायाका परिवारले भने सशस्त्र प्रहरीका जवान समेत रहेका भरतराम कोलीको नाममा किटानी जाहेरी दिइसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा आफू कतै नभागेको पनि उनले दाबी गरेका छन् । तर प्रहरीले अहिले सम्म उनलाई पक्राउ गर्न सकेको छैन् । 

सामाजिक सञ्जाल चलाएको बारेमा माथिल्लो निकायमा जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । कुन ठाउँबाट टिकटक चलाईरहेका छन् भन्ने कुरा खोजी गर्ने उपकरण जिल्लास्तरमा उपलब्ध नभएकाले माथिल्लो निकायलाई जानकारी गराएको शाहीले बताए । 

भरतराम कोलीको खोजी कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ । घटनाको तीन दिन भइसक्दा समेत दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयहरु भने आक्रोशित भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update