बैतडी –बैतडीका सांसदहरुले मृतक माया लुहारको परिवारलाइ भेटेका छन् । शनिबार पञ्चेश्वर गाउँपालिका ४ फ्याउले पुगेर संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसद सुरेन्द्र बहादुर पाल र पूर्व प्रदेश सांसद लिलाधर भट्टले घाँटी रेटी हत्या गरिएकी माया लुहारको परिवारलाइ भेटेका हुन् ।
पीडित परिवारलाइ भेटेर उनीहरुले दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाइ दबाव दिने बचनवद्धता व्यक्त गरेका छन् । यस्तै सांसदहरुले उपचारका लागि सहयोग पनि गरेका छन् । मृतक मायाका दाजु टिन्कु लुहारलाई २५ हजार ५ सय सहयोग रकम हस्तान्तरण गर्दै आफुहरु न्यायको पक्षमा रहेकाले दोषीलाई सजाय र मायालाइ न्याय दिलाउन पहल गर्ने बताएका छन् ।
यसअघि प्रदेश सभा २ का सांसद शिवराज भट्टले पनि पीडित परिवारलाई भेटेका थिए । उनले पनि दोषीलाई सजाय र पीडितलाई न्याय दिनका लागि आफूले पहल गर्ने बताएका थिए ।




