Sagun Khabar
मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी मोहनकुमार आचार्यले जानकारी दिए । 

आरोपित कोलीलाई महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको र थप अनुसन्धानका लागि बैतडी ल्याउन लागिएको प्रहरीले जनाएको छ । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

मायाको हत्या गरेको भन्दै परिवारले भरतको नाममा किटानी जाहेरी दिएको थियो । घटना भएकै दिनदेखि प्रहरीले भरतको खोजी गरिरहेको थियो । 

गएको मंगलबार घरबाट लुुगा सिलाउन जान्छु भनेर गएकी मायाको शव गएको बुधबार घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको थियो । उनीसंगै गएकी मृतकका भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update