Sagun Khabar
भूमेश्वर मावि ठाँडको ७२ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको पाटन नगरपालिका ४ स्थित भूमेश्वर मावि ठाँडको ७२ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य गम्भीर चन्दको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा प्रदेश सभा सांसद सुरेन्द्र पाल प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, पूर्व एसएसपी मदनसिंह बिष्ट र पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सवमा समारोहमा विद्यालयका प्रधानाध्यापक विरेन्द्र चन्दले १ करोड ७ लाख ८० हजार १३० रुपैया आय र ९० लाख १४ हजार ४८३ रुपैया व्ययको विवरण प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सवमा समारोहमा गुन्नादेवी स्मृति प्रतिष्ठानले उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरु पुस्कार र प्रमाणपत्र वितरण गरेको थियो । 

बार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश सांसद पालले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update