Sagun Khabar
माया लुहारका हत्या आरोपीत  कोली सार्वजनिक

बैतडी- बैतडी प्रहरीले मायाको हत्याका आरोपीतलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपाली ४ फ्याउलेकी माया लुहारको हत्याका आरोपीत  भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपूरको महेन्द्रनगरबाट पक्राउ गरेको  थियो । पक्राउ परेका कोललिाई राती बैतडी पु¥याएर सोमबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए । 

 मायाको हत्यापछि उनी फरार रहेका थिए । फरार रहेका अभियुक्त कोलीलाई प्रहरीले आइतबार महेन्द्ररनगर बजारमा डुलिरहेको अवस्थामा समातेको  थियो । शिवनाथ गाउँपालिका–४ घर भएका कोलीलाई हिजो कञ्चनपुर प्रहरीले महेन्द्रनगरको बसपार्कबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको थियो।

राति बैतडी पु–याइएका कोलीलाई आज अदालतमा उपस्थित गराइएको थियो ।   अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले  बताए। यस्तै कोली  प्रेम सम्बन्धमा रहेको र मायाले अरु संग पनि प्रेम सम्बन्ध राखेको  पाएपछि  धारीलो हतियार  प्रहार गरेर  हत्या गरेको खुलेको प्रहरीले बताएको  छ  ।

आज  प्रहरीले पत्रकार सम्मेलन गरेर मायाले अन्य  संग पनि प्रेम गर्ने गरेको  शङ्का  मानेर अनेक लाल्छना सहित दुवै जना विच  विवाद हुँदा कोलीले धारीलो हतियार (चक्कु) प्रहार गरेर  हत्या गरेको खुल्न आएको  जनाएको छ ।  

पत्रकार  सम्मेलनमा बैतडीका प्रहरी  प्रमुख प्रहरी नायब उपरीक्षक  शाहीले  माया लुहारको  हत्यापछि  उनी संगै  गएकी नेहालाई घट्ना बारे अरुलाई जानकारी गराउने आशङ्काकामा चक्कु प्रहार गरि ज्यान मार्ने नियतले गम्भीर  घाइते  बनाएको अनुसन्धानको क्रममा खुल्न आएको बताएका छन् ।

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update