Sagun Khabar
माया  मृत्यु प्रकरणःआरोपी कोलीद्वारा हत्या स्वीकार

बैतडी- बैतडीकी माया लुहार मृत्यु प्रकरणका आरोपीले हत्या स्वीकार गरेका छन्। आइतबार महेन्द्रनगरबाट पक्राउ परेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीले पञ्चेश्वर फ्याउलेकी माया लुहारको हत्या स्वीकार गरेको बैतडी प्रहरीले जनाएको छ ।

माया हत्या प्रकरणमा पक्राउ परेका कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको बताएका हुन् । कोली र माया  ६ महिना देखि  प्रेम सम्बन्धमा रहेको र मायाले अरु संग पनि प्रेम सम्बन्ध राखेको पाएपछि  धारीलो हतियार  प्रहार गरेर  हत्या गरेको बयान दिएको  प्रहरीले बताएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरेर मायाले अन्य  संग पनि प्रेम गर्ने गरेको शङ्का मानेर अनेक लाल्छना सहित दुवै जना विच विवाद हुँदा कोलीले धारीलो हतियार (चक्कु) प्रहार गरेर हत्या गरेको खुल्न आएको जनाएको हो ।

पत्रकार  सम्मेलनमा बैतडीका प्रहरी  प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले माया लुहारको हत्यापछि  उनी संगै  गएकी नेहालाई घट्ना बारे अरुलाई जानकारी गराउने आशङ्काकामा चक्कु प्रहार गरि ज्यान मार्ने नियतले गम्भीर  घाइते  बनाएको अनुसन्धानको क्रममा खुल्न आएको बताएका छन् ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार माया र भरतबीच गएको स्थानीय निर्वाचनका बेला फेसबुकबाट चिनजान भएको हो । दुबै जनाको फेसबुकमा चिनजान भएर  प्रेममा परेका र  भरतले मंसिरमा घर आएर मायाको फोन लगेपछि उनको फेसबुकबाट विभिन्न ब्यक्तिसँग म्यासेन्जरमा कुरा गरेको प्रहरीले जनाएको छ ।

मायाको म्यासेन्जर चेक गरेका र उनको म्यासेन्जरबाट कुरा गरेका भरतले अरु केटाहरूसँग पनि कुराकानी भएको र प्रेमका कुरा गरेको देखेर मार्ने योजना बनाएको प्रहरी समक्ष बयान दिएका हुन् । हत्या अभियोगमा पक्राउ परेका कोलीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार ज्यान मार्ने उद्योगको  मुद्दा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

२१ वर्षीया माया लुहारको  मंसिर १३ गते घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  उनीसँगै गएकी नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरि गम्भी अवस्थामा फेला परेकी थिइन्।  घाइते नेहाको  े अहिले उपचार भइरहेको छ ।

हत्यापछि मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपूरको महेन्द्रनगरबाट कोलीलाइ पक्राउ गरेको  थियो । पक्राउ परेका कोललिाई राती बैतडी पु¥याएर हिजो प्रहरीले सार्वजनिक गरेको हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update