Sagun Khabar
बैतडी जिप दुर्घटनाः चालक सहित ४ जना घाइते, २ को अवस्था  गम्भीर 

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालक सहित ४ जना घाइते  भएका हुन् । 

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षिय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा गइरहेका रहेछन् उनिहरुको अवस्था गम्भीर छ,दुइ जना सामान्य छन् ।’  घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले  बताएको  छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update