बैतडी-बैतडीको मेलौली नगरपालिकाले फेसबुकका पोष्टहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गरेर कर्मचारी व्यवस्थापनका लागि लिइएका परीक्षाको विषयलाई लिएर विभिन्न आरोप सहित प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीको तस्बिर सहित फेसबुकमा लेखेर राखेका पोष्टहरु प्रति नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।
जनजागरण मेलौली, आवाज विहिनहरु विहिनहरु मेलौली नाम फेसबुक पेजबाट तथ्यहीन कुरा पोष्ट गरिएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छःनगरप्रमुख भिम बहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
यस्तै नगरपालिकाले प्रचलित कानून बमोजिम रित पूर्वक दरखास्त आव्हान गरि कर्मचारी व्यवस्थापनमा योग्यता प्रणालीको शिद्धान्तलाई पूर्णरुपमा अवलम्बन गरेको जनाएको छ ।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारी विरुद्ध तुच्छ भाषाशैलि प्रयोग गरि गरिएको पोष्टको भत्र्सना गर्दै नगरपालिकाले यस्तो कुकृत्य गर्नेलाई कारबाही गर्न सम्बन्धित निकाय संग माग समेत गरेको छ ।
एकै पटक खोलेका विज्ञापनको फरकफरक समय र मितिमा परीक्षा सञ्चालन गरिएको , सिफारिस उम्मेदवारबाट पैसा लिएको लगायतका आर्थिक चलखेल भएका कुरा ती पोष्टहरुमा उल्लेख छ ।
नगरपालिका विरुद्ध फेसबुकमा राखिएका पोष्ट यी हुन् ।








