Sagun Khabar
बैतडीकी पदमाको उपचारका लागि संकलित रकम हस्तान्तरण 

बैतडी –घास काट्ने बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घाइते भएकी पञ्चेश्वर गाउँपालिका ३ द्वारी बस्ने पदमा तिरुवाको उपचारका लागि संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ । 

भारत र नेपालमा सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत १ लाख ५९ हजार ३६० रुपैंया संकलन भएको र सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको अभियान्ता जयबहादुर चन्दले बताए । भारतमा कामको सिलसिलामा रहेका नेपालीहरुबाट ८४ हजार ३६० रुपैंया संकलन भएको हो भने नेपालमा ७५ हजार रुपैंया संकलन भएको चन्दले बताए । संकलित रकम घाइतेका आफन्त दीपक तिरुवाको खातामा ट्रान्सफर गरिएको बताइएको छ । 

यही मंसिर ८ गते जलखान भन्ने स्थानमा घास काटीरहेका बेला भीरमाथिबाट खसेको ढुंगाले पदमाको टाउको चोट लागेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि पदमाको उपचारका लागि सहयोग अभियान जारी रहेको चन्दले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update