बैतडी : डिलाशैनीको बिनाबस्तीमा मिनिग्रिड सोलार जडान
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ५ बिनाबस्तीमा मिनिग्रिड सोलार जडान भएको छ । ३० किलोवाट क्षमताको मिनिग्रिड सोलार जडान गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।
डिलाशैनी गाउँपालिका वडा नं ५ को दलित बस्तीलाई लक्षित गरेर प्रदेश सरकारको सहयोगमा मिनिग्रिड सोलार जडान गरिएको उनले बताए । गोल्छा गु्रप अन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रालिले मिनिग्रिड सोलार जडान गरेको । पावर हाउस निर्माण गरेर ब्याट्री, सोलार प्यानल जडानको काम सम्पन्न भएको कम्पनीका इन्जिनियर विकास शाहले बताए ।
यस्तै सोलार जडान गर्ने घरधुरीमा मिटर जडानको कार्य भइरहेको उनले बताए । मिनिग्रिड सोलारबाट १२६ घरधुरीमा बत्ती बल्ने प्रवक्ता भट्टले बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १२:२५
प्रतिक्रिया दिनुहोस्




