बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ दुर्गाभवानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा न्यूनीकरणमा युवाहरुको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
युवालयको सहयोगमा सञ्चालित रिफलेक्ट कक्षा मार्फत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको सहजकर्ता दुरा नाथले बताइन् । सो प्रतियोगितामा निरा क्षेत्री प्रथम, गीता क्षेत्री द्वितीय, हरिश नाथ तृतीय र महेश्वरी नाथले सान्तवना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता किशोरकिशोरीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको सहजकर्ता नाथले बताइन् । विजेता किशोरकिशोरीहरुलाई वडा अध्यक्ष अजब पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए । गाउँघरमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि किशोरकिशोरीहरु मार्फत सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।





