बैतडी –बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । न्याय सम्मान र मार्यादित रोजगार, हामी सबैको सरोकार भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
दिवसको अवसरमा विभिन्न गैरसरकारी संस्थाहरुले बैतडी सदरमुकाममा अन्तरक्रियात्मक सम्वाद कार्यक्रमको आयोजना गरेका छन् । दलित समाज विकास मञ्च, जिल्ला हलिया मुक्ति समाज, जागरण मिडिया सेन्टर, दलित महिला संघ, दलित महिला सचेतना समाज, जनअधिकार अभियान, मानव अधिकार एलायन्स, वाम र युवालयको संयुक्त आयोजनामा अन्तरक्रियात्मक सम्वाद सम्पन्न गरिएको दलित अधिकारकर्मी बलभद्र दयालले बताए ।
सम्वाद कार्यक्रममा सहभागीहरुले मानव अधिकारको रक्षाका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका छन् । विभिन्न वाहनामै अझै मानव अधिकार उल्लंघनका घटनाहरु भइरहेकाले यस्ता घटनाहरु न्यूनीकरणका लागि सरोकारवालाहरुको ध्यान जानुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
अन्तरक्रियात्मक सम्वादमा मानव अधिकारको रक्षाका बिषयमा छलफल गरिएको दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताइन् ।





