यी हुन् सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका समानुपातिक सांसद
बैतडी –सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभामा समानुपातिक सांसदहरुको टुंगो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुदूरपश्चिममा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको टुंगो लगाएको हो । सुदुरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखेको छ । दलित तर्फ ललिता सुनार, खस आर्य तर्फ मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटाको नाम राखिएको छ । यस्तै थारु तर्फ गीता कुमारी चौधरीको नाम सूचीमा अटाएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १५:४५
प्रतिक्रिया दिनुहोस्




