बैतडीकी जानकी सहित यी हुन् सुदूरपश्चिममा एमालेका समानुपातिक सांसद
बैतडी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो ।
बैतडीकी जानकी ऐर बम, डोटीकी निर्मला साउँद र हिरा सार्की, कैलालीकी सन्तोषी शर्मा र कोइलीदेवी चौधरीको नाम समानुपातिक सांसदमा अटाएको छ । यस्तै कैलालीका धर्मराज पाठक र कञ्चनपुरका राजेन्द्र रावल पनि समानुपातिक सांसदको सूचीमा अटाएका एमालेले जनाएको छ ।
सुदूरपश्चिममा प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १७:४५
प्रतिक्रिया दिनुहोस्




