सोमबार बैतडीको मेलौलीका विद्यालयमा शोक बिदा
बैतडी –सोमबार बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरु बन्द रहने भएका छन् । मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा भोलि नगरपालिकाभरीका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको छ ।
विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ बर्षको अल्पायुमै शनिबार निधन भएको थियो । शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । यस्तै शिक्षक नायकको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै नगरपालिकाले दुःख समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्




