Sagun Khabar
यसपालिको मनसुन भित्रियो, एक/दुई दिनमा देशभर फैलिने
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ –यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो ।  

मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एकरदुई दिनमा नै देशैभरि फैलिने सम्भावना रहेको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै  ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update