Sagun Khabar
गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) गरी ३१ जनाले समर्थन गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेशसभा सदस्य राजिव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो । हिजो प्रदेशप्रमुख सीताकुमारी पौडेलले बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टाको समय दिएलगत्तै विपक्षी गठबन्धनका ३१ जना नै उपस्थित भएर दाबी गरेका थिए ।

आज दिउँसो फेरि मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि केहीबेर किचलो भएको थियो । विपक्षी दलका ३१ जना सांसदले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका थिए । कांग्रेस र जनमोर्चाले केन्द्रमा जस्तै असंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई चेतावनी दिएका थिए 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update