Sagun Khabar
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय

काठमाण्डौ –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।

यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय भए पनि शनिबार  बसेको पदाधिकारीको बैठकले नौ दिन पर सार्दै १६ देखि १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यो निर्णयलाई अब केन्द्रीय समितिको बैठकले पारित गर्नुपर्नेछ । यसअघिका तालिका परिमार्जन गर्दै क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तालिका रहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै गाउँ र नगर वडा अधिवेशन साउन ६ गते , गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ ।

यस्तै प्रदेश अधिवेशन १ र २ गतेको लागि प्रस्ताव गरिएको छ । कोरोना महामारी र बर्खाको बीचमा पनि महाधिवेशन गर्न समस्या रहेको तर त्यसको बारेमा छलफल गरेर निर्णय लिइने सहमहामन्त्री प्रकासशरण महतले जानकारी दिए 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update