Sagun Khabar
दार्चुलाका गणेश पार्कीको हत्या गरिएको दाबी, शव नउठाउने परिवाजनको चेतावनी 

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ झलातीका ४६ वर्षीय गणेशराम पार्कीको हत्या भएको भन्दै परिवारजनले शव बुझेका छैनन् । हत्यारा पत्ता नलागेको भन्दै मृतकका आफन्तले अस्तापलबाट शव उठाउन नमानेको बताइएको छ ।

गत चैत २४ गते जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टमको लागि राखिएको शव अझै अस्पतालमा रहेको छ । यहि चैत ८ गते गाउँ नजिकैको दुई मिटर उचाइको भीरबाट फालेर हत्या गरेको भन्दै परिवारजनले स्थानीय भास्करराम पार्की र दानीराम पार्कीको नाममा किटानी जाहेरी दिएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रहरीले हत्याबारे प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वको टोली अनुसन्धानको लागि खटाएको छ । तर परिवारले दोषि पत्ता लगाएर मुद्धा दर्ता नगरेसम्म अस्पतालबाट शव नउठाउने चेतावनी दिएका छन् । चैत ९ गते उपचारको लागि धनगढी र भारतका रुद्रपुर अस्पताल लगिएका पार्कीको चैत २३ गते दार्चुला ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटना रहस्यपूर्ण रहेको भन्दै परिवारले किटानी जाहेरी दिएको बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update