Sagun Khabar
धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

धनुषा – धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन्  । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।पुरानो जीर्ण भवनको पुरानो भाग तोडेर अभियुक्तहरु भागेका उनले बताए । 

फरार भएकाहरुको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् । इलाका प्रहरी कार्यालयको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण तोडेर उनीहरू भागेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update