
बैतडी –बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडाभूमीराज किराना पसलका सञ्चालक ५० बर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका कार्कीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
यसअघि बैतडी प्रहरीले शनिबार दशरथचन्द नगरपालिका ८ बाट ५० बर्षीय नारायणसिंह थापालाई पक्राउ २ सय ८० ग्राम चरेश सहित पक्राउ गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरेर उनिमाथि अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक खत्रीले बताए ।
बैतडीमा प्रहरीले लागु औषध नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गरेको छ । चरेश लगायतका लागु औषधको दुव्र्यसनीहरुको संख्या बढ्दै गएपछि प्रहरीले बिशेष अभियान सञ्चालन गरेको हो ।