Sagun Khabar
राष्ट्रपतिकाे चुनाव फागुन २५ गते
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी आज सोमवार मिति तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update