Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बैतडी –बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं.–३ बोहरीगाउँकी ४६ बर्षीया मानमती भट्टको भीरबाट लडेर मृत्यु भएको जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज भट्टले बताए । 

बुधबार दिउँसो बाख्रा चराउन तिमलागैर भन्ने स्थानमा गएको बेला भीरबाट लडेर उनको मृत्यु भएको हो । भीरबाट झण्डै अढाइ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update