Sagun Khabar
पाटन नगरपालिका कार्यपालिका सदस्य पन्तले गरिन् शैक्षिक सामग्री वितरण 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १० की वडा सदस्य एवं कार्यपालिका सदस्य दिपिका पन्तले एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । जिल्लाको पाटन नगरपालिका १० स्थित निलपालेश्वर मावि डैंसीलीको ६३ औं बार्षिकोत्सवको अवसरमा गरिब तथा जेहेन्दार १० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पन्तले बताइन् । 

विद्यार्थीहरुलाई अध्ययन कार्यमा केही सहज होस भनेर शैक्षिक सामग्री वितरण गरिएको उनले बताइन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पन्तको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा नगरकार्यपालिका सदस्य पन्त प्रमुख अतिथी रहेकी थिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद पन्तले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update