Sagun Khabar
सुनसान छन गाउँघर ! रोकिएन बसाइँसराइ 

बैतडी ग्रामीण क्षेत्रमा जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

सङ्घीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीहरु सुनसान देखीन थालेकाछन् । प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण देखस्न्छन् । खेतबारी बाँजै देखीन्छन्  ।

स्वास्थ्य सन्देश
Atrya hospital

ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको प्रष्टै देख्न सकीन्छ बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएका छन् । जताततै गउँघरहरु सुनसान देखीन्छन् । 
बैतडी,दार्चुला,बझाङ् लगायत पहाडी जिल्लाहरु बाट अधिकांस विद्यार्थीहरु गुण्स्तरीय शिक्षाको खोजिमा तराइ अथवा राजधानी छिर्ने गर्दछन् ।  श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्नेहरुको संख्या पनि पछिल्लो समयमा बढ्दै गएको छ  ।

घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ, सङ्घीयताले पनि गाउँ फर्किने वातावरण भने बनाउन सकेन ।

शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई विपन्न परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकाछन् । सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताले ग्रामीण बसाइमा आकर्षित गर्न नसकेको अवस्थामा पनि स्थिानीय सरकारहरुको बसाइसराइ रोक्न तर्फ खासै ध्यान गएको देख्न सकीदैन ।  

बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ ।
युवाहरू विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ । गउँमा मर्दा पर्दा समेत मान्छेहरुको अभावहुने गरेको सुर्नया ६ नवराज अवस्थीले सुनाए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update