बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम महामन्त्री तथा संगठन विभाग प्रमुखमा बैतडीका भोजराज जोशी (क्वालीटी) चयन भएका छन् । धनगढीमा सम्पन्न पार्टीको विस्तारित बैठकले जोशीलाई महामन्त्रीमा चयन गरेको हो ।
पार्टीको सुदूरपश्चिम सभापतिमा भने इन्जिनियर प्रकाश बिष्ट चयन भएका महामन्त्री जोशीले जानकारी दिए । कैलालीको टीकापुरका स्थायी बासिन्दा बिष्ट यसअघि विभिन्न सामाजिक काम सक्रिय रहँदै आएका बताइएको छ ।
सुदूरपश्चिममा पार्टीको ४६ सदस्यीय प्रदेश समितिमा अहिले ३५ जना अटाएका र केही पदमा मनोनयन गर्न बाँकी रहेको महामन्त्री जोशीले बताए । यसअघि विभिन्न सामाजिक काममा सक्रिय रहेका जोशीले अब पार्टीको संगठन विस्तारमा ध्यान दिने बताए ।
सुदूरपश्चिमका ९ ओटै जिल्लामा पार्टीको संगठन विस्तारका लागि काम गर्ने उनले बताए ।





