Sagun Khabar
बैतडीको सुर्नयामा जिप दुर्घटना, सात जना घाइते 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

सतबाँझबाट सुर्नयाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप आज साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

उक्त जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएका हुन् ।  

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ बर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ बर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ बर्षीया दिप्ती बिष्ट, सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० बर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० बर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० बर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ । 

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाएको र उनीहरुको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update