Sagun Khabar
सुर्नया जिप दुर्घटना : घाइतेमध्ये ४ जना डिस्चार्ज, ३ जनाको उपचार हुँदै  

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा बुधबार साँझ भएको जिप दुर्घटना परी घाइते भएका मध्ये चार जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार भइरहेको छ । 

दुर्घटनामा घाइते भएका सुर्नया गाउँपालिका–५ की ६५ बर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ बर्षीया सुशीला भण्डारी र सुर्नया –६ रीगाकी २० बर्षीया दीपा कुँवरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका सुर्नया गाउँपालिका–५ की ७ बर्षीया दिप्ती बिष्ट, सुर्नया –५ स्वालीका ३० बर्षीय हरिश विक, सोही ठाउँका ४० बर्षीय तिलक चन्द र ३० बर्षीय दिपक चन्द उपचार डिस्चार्ज भएका प्रहरी निरीक्षक सिंहले बताए । 

सतबाँझबाट सुर्नयाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधबार साँझ साढे पाँच बजेतिर सुर्नया गाउँपालिका–२ लिस्किटा नजिकै दुर्घटनामा परेको थियो । 

उक्त जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update