Sagun Khabar
बैतडीमा रुखले  च्यापिएर वृद्ध घाइते 

बैतडी- बैतडीमा रुखले  च्यापिएर वृद्ध घाइते  भएका छन् । जिल्लाको  पाटन नगरपालिका–५ बसन्तपुर बस्ने ६५ वर्षीय रामसिंह भट्ट गम्भीर घाइते भएका हुन् ।

मंगलबार दिउँसो वडाकै थलारा जंगलमा  दाउरका काट्ने क्रममा सल्लाको रुखले च्यापिएर मानसिंह  गम्भीर घाइते भएको पारिवारिक स्रोतले बताएको छ ।

रुखले  च्यापिएर गम्भीर घाइतेभएका भट्टको उद्धार गरेर पाटन ल्याइएको  थियो । उनलाई  इलाका प्रहरी कार्यालय  पाटनले  र  स्थानीयले  उद्धार गरेर  पाटन ल्याएका हुन् ।

 भट्टको  पाटन प्राथमिक स्वास्थ्य   केन्द्रमा  उपचार भइरहेको पाटन प्रहरीले जानकएको  छ ।  घाइते भट्टको कम्मरमा गम्भीर चोट लागेको बताइएको  छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update