Sagun Khabar
अपाङ्गता भएका   व्यक्तिलाई बाख्रा वितरण 

बैतडी- बैतडीको  शिवनाथमा अपाङ्गता  भएका व्यक्तिलाई बाख्रा विरतण गरिएको  छ । वडा नं ६ ले ७ जना अपाङ्गता भएका व्यक्तिरुलाइ बाख्रा बितरण गरेको हो ।

वडा भित्रका ग र घ बर्गका अपाङ्गता भएका व्यक्तिलाई एक ÷एक बाख्रा वितरण गरिएको वडा अध्यक्ष भरत राम पार्किले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहज होस भनेर बाख्रा वितरण गरिएको उनले बताए ।

बाख्रापालनबाट उनिहरुलाई  जीवनयापन गर्न  सजिलो हुने अपेक्षा गरिएको छ । वडा कार्यालयले  बाख्रा विरतण गरेपछि अपाङ्गता  भएका नागरिकहरु पनि खुसिभएका छन् । वडाले जीवनयापन सहजिकरण कार्यक्रम मार्फत आफुहरुलाई बाख्रा दिएपछि खुसि लागेको  एक जना अपाङ्गता  भएका व्यक्ती  मानसिंह धनाडीले  बताए ।  

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update