बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठनको पालिका कमिटि गठन गरिएको छ ।मंगलबार सुर्नया गाउँपालिकामा कार्यरत जेष्ठ कर्मचारी धन बहादुर चन्दको अध्यक्षता तथा पालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले नेपाल निजामती कर्मचारी संगठनको सुर्नया गाउँपालिका स्तरिय कमिटी गठन गरेको हो ।
सम्पन्न अधिवेशनले ईन्जिनियर लोक बहादुर बिष्टको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको कर्मचारी राम बहादुर महराले बताए । यस्तै कमिटीको उपाध्यक्षमा प्रकाश चन्द, सचिवमा रामसिंह महरा , कोषाध्यक्षमा आन्नद बोहरा चयन भएका हुन् ।
नव गठित समितिका अध्यक्ष बिष्टले कर्मचारीका हक अधिकारका निम्ति आवाज उठाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन आफू प्रतिबद्ध रहेको बताए । जनप्रतिनिधि र कर्मचारीको सयुंक्त प्रयासले मात्रै सुशासन कायम हुने हुँदा जनप्रतिनिधी र कर्मचारीले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
अधिवेसनमा नेकपा एमाले सुर्नया गाउँकमिटी ईन्चार्ज र अध्यक्षको समेत उपस्थिती रहेको थियो । यस्तै आज नै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका कमिटि पनि गठन भएको छ । नेपाल हिक्मत बहादुर कुँवरको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको सुर्नया गाउँपालिका पालिका स्तिरिय कमिटी गठन गरिएको हो ।





