Sagun Khabar
क्यान्सर पीडित मञ्जुलाई सहयोग रकम हस्तान्तरण 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मेलडुङरा घर भएकी क्यान्सर पीडित मञ्जु भट्टलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको १ लाख ८७ हजार सहयोग रकम हस्तान्तरण गरिएको शिवांश फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

कलिलो उमेरमै क्यान्सरबाट पीडित भएकी मञ्जुलाई उपचारमा आर्थिक समस्या भएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो । भारतमा बैतडीको सुर्नया ५ का भानबहादुर बिष्ट,विष्णु अवस्थी र डम्मरदत्त अवस्थीको अगुवाई सञ्चालन भएको अभियान अन्तर्गत ९२ हजार संकलन भएको थियो भने कतारमा दशरथचन्द नगरपालिका १ घर भएका जयबहादुर टेरको अगुवाईमा ६४ हजार २ सय रकम संकलन भएको थियो । 

नेपालमा शिवांश हेल्प फाउण्डेसन मार्फत सहयोग रकम संकलन गरिएको फाउण्डेसनका अध्यक्ष अवस्थीले बताए । 

दुई छोरीकी आमा समेत रहेकी मञ्जुको आर्थिक अवस्था निकै नाजुक भएपछि उनको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको थियो । मञ्जुले अहिले पनि बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर हस्पिटलमा गएर किमो लगाउने गरेकी छन् । 

संकलन भएको सहयोग रकम बुझ्दै मञ्जुले सहयोगी सबैलाई धन्यवाद समेत दिएकी छन् । उनले भनिन् ‘अहिले पनि म उपचारमै छु । मेरो जीवन बचाउनका लागि सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिन चहान्छु । सहयोगी हातहरुलाई अझै पनि सहयोगका लागि अपील गर्दछु ।’

मञ्जुलाई सहयोग गर्न चहानुहुने महानुभावहरुले मोबाइल नम्बर ९८६८३२२८०७ मा सम्पर्क गर्न सक्नुहुनेछ । यसका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझमा मञ्जु अवस्थी भट्टको नाममा रहेको खाता नम्बर ०६५०५०५०२७७७६१ मा सहयोग रकम जमा गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update