चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु
बैतडी –चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए । उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्





