बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकास्थित पुर्चौंडी नागरिक आरोग्य केन्द्रमा एकदिने निशुल्क आयुर्वेद शिविर सञ्चालन हुने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजानमा भोलि( शनिबार) शिविर सञ्चालन हुने केन्द्रका प्रमुख हिक्मतबहादुर चन्दले बताए ।
शिविरमा अम्लपित्त, बाथव्याधी, श्वासकास, उच्चरक्तचाप, बाबासिर लगायत रोगको आयुर्वेदिक पद्दतिबाट उपचार गरिने चन्दले बताए । यसका साथै शिविरमा समान्य बालरोग सम्बन्धि उपचार समेत गरिने उनले बताए ।
आयुर्वेदिक उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएकाले निशुल्क शिविरको आयोजना गरिएको हो । आयुर्वेद औषधिले प्रति असर नगर्ने भएकाले बिरामीहरु आयुर्वेदिक औषधि प्रयोग गर्ने तर्फ लागेका हुन् ।
शिविरमा आइ विभिन्न रोगको उपचार गराउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले आग्रह गरेको छ ।
आयुर्वेद उपचार पद्दतिमा पहुँच पुर्याउनका लागि अहिले जिल्लाका ४ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका चन्दले बताए । पुर्चौंडी, सुर्नया, शिवनाथ र पञ्चेश्वरमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेका उनले बताए ।





