Sagun Khabar
बैतडीको शिवनाथले अपांगता पहिचान शिविर सञ्चालन गर्ने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले अपांगता पहिचान शिविर सञ्चालन गर्ने भएको छ । अपांगता परिचय पत्र पाउन बाँकी रहेका व्यक्तिहरुलाई लक्षित गरेर शिविर सञ्चालनको तयारी भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । 

यही फागुन २१ गते गाउँपालिकाको केन्द्र सुल्लेखानमा शिविरको आयोजना गर्ने तयारी भएको बताइएको छ । एकै ठाउँमा शिविर सञ्चालन गरेर अपांगता परिचय पत्र पाउन बाँकी रहेकाहरुलाई परिचय पत्र वितरण गर्ने उद्देश्य सहित शिविर सञ्चालन गरिएको हो । 

अहिले स्थानीय तहहरुले नै अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नुपर्ने प्रावधान रहेको छ । तर कतिपय ठाउँमा मेडिकल अधिकृत नहुँदा अपांगता भएका व्यक्तिहरुले परिचयपत्र पाउन सकेका छैनन् । 

डाक्टरको रिपोटको अभावमा परिचय पत्र पाउन नसकेका अपांगता भएका व्यक्तिहरुलाई सहज होस भनेर शिविर आयोजना गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले बताइन् । 

अपांगता भएका व्यक्तिहरुलाई गाउँपालिकाका तर्फबाट दिन सकिने सेवा सुविधामा सहज होस भनेर शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।  

Shibir1677229190.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update