Sagun Khabar
बैतडीको सरस्वती आधारभूत विद्यालयको ३२ औं बार्षिकोत्सव सम्पन्न

बैतडी –बैतडीको पाटन नगरपालिका ९ किचारस्थित सरस्वती आधारभूत विद्यालयको ३२ औं बार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जयन्ती भाट बिजलेको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । 

समारोहमा पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाट बिशिष्ट अतिथी रहेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । समारोहमा विद्यालय प्रधानाध्यापक केशवबहादुर चन्दले ३१ लाख ४१ हजार ८७१ रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएका थिए । विद्यालय परिसरमा आफ्नै लगानिमा सरस्वती मन्दिर निर्माण गरेका वडा अध्यक्ष कालुसिंह भाटलाई विद्यालय परिवारले सम्मान समेत गरेको छ । यस्तै विद्यालयका अंग्रेजी शिक्षक दिपेन्द्रप्रसाद पन्तलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update