Sagun Khabar
सिद्धेश्वर मावि मेलचौराको ६८ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको पाटन नगरपालिका १ स्थित सिद्धेश्वर मावि मेलचौराको ६८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत रावलको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम प्रमुख अतिथी रहेकी थिइन् । समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले १ करोड ४० लाख ३७ हजार ३४० रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्रा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । 

बार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश सभा सदस्य बमले विद्यालयको चौतर्फी विकासका लागि आफूले सक्दो पहल गर्ने बताइन् । शिक्षा विकासको मेरुदण्ड भएकाले राज्यका निकायहरुले शिक्षामा लगानी बढाउनुपर्नेमा उनले जोड दिइन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update