बैतडीको शिवनाथमा आँखा शिविर, १ सय ८ जनाले सेवा लिए
बैतडी –बैतडीको शिवनाथ गाउँपालिका वडा नं ६ मा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिवनाथ स्वास्थ्यचौकी हिरापुरमा सञ्चालन भएको शिविरमा १ सय ८ जनाले सेवा लिएका वडा अध्यक्ष भरतराम पार्कीले जानकारी दिए ।
वडाको कार्यालयको आयोजना तथा आँखा उपचार केन्द्र पाटनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा सेवा लिएका १०८ जाना मध्ये १० जानाको आखाँको अप्रेशन गर्नुपर्ने देखिएको र बाँकीलाई समान्य उपचार सेवा प्रदान गरिएको जनाइएको छ ।
शिविरमा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १८:४९
प्रतिक्रिया दिनुहोस्





