Sagun Khabar
बैतडीको कुवाकोट स्थित  भुमिराज माविको विव्यस अध्यक्षमा कुँवर 

बैतडी- बैतडीको  भुमिराज माविको विद्यालय व्यवस्थापन  समिति अध्यक्षमा कुँवर चयन भएका छन् । जिल्लाको  पुर्चौडी  नगरपालिका वडा नं ५ कुवाकोट स्थित भुमिराज मावि कुवाकोटमा आज बसेको  अभिभावक  भेलाबाट  नयाँ व्यवस्थापन  समिति अध्यक्षमा राम बहादुर कुँवर (अमृत) चयन भएका हुन् ।

 कुवँर  विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्बसम्मत चयन भएका  प्रधानाध्यापक लिलाधर पन्तले  बताए  । यस्तै विद्यालयको  शिक्षक अभिभावक संघ पनि गठन भएको  छ ।  

सुरेन्द्र  बहादुर  कुँवरको  अध्यक्षतामा ११ सदस्यीय अभिभावक संघ गठन भएको  हो ।  भुमिराज माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका राम बहादुर कुँवरले  विद्यालयको चौतर्फि विकास लागि पहल गर्ने बताए ।  

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update