Sagun Khabar
दशरथचन्दमा महिलाका लागि लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले महिलाहरुका लागि लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा शुरु गरेको छ । 

शनिबार एक कार्यक्रमकाबीच लोक सेवा र शिक्षक सेवा आयोगका कक्षा शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

महिलाहरुको सरकारी सेवामा पहुँच पुर्याउने उद्देश्यसहित निशुल्क तयारी कक्षा सञ्चालन गरिएको उनले बताइन् । २५ दिन सम्म सञ्चालन हुने कक्षामा ७४ जनाको सहभागिता छ । 

लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षाको शुभारम्भ गर्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले महिलाहरुको क्षमता अभिवृद्धिका लागि कक्षाहरु सञ्चालन गरिएका बताए । 

यस्तै उपप्रमुख कौशिला चन्दले महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुको लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन भएका र यसबाट सकेसम्म बढी लाभ लिन आग्रह गरिन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update