बैतडीको सिगासका एकजना भारतको बेङ्गलोरमा बेपत्ता
बैतडी –बैतडीको सिगास गाउँपालिकाका एक जना पुरुष भारतको बेङ्गलोरमा बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नं. ५ खल्लीगडान घर भएका ३५ वर्षीय तारा धामी बेङ्गलोरमा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही महिना देखि भारतको बेङ्गलोरमा गर्दै आएका धामी शुक्रबारदेखि बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ । धामीलाई फला पार्नुहुने महानुभावनहरुले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ८५९१४९९२८६ सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
दुई छोरा र श्रीमतिसहित बेंगलोरमा बस्दै आएका धामी बेपत्ता भएपछि परिवारजनलाई समस्या भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ ०९:४१
प्रतिक्रिया दिनुहोस्





