Sagun Khabar
महाकाली नदीमा अन्तर्राष्ट्रिय कानुन विपरीत एसएसबीको र्‍याफ्टिङ

बैतडी –भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा ¥याफ्टिङ गरेको छ । भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुन विपरीत ¥याफ्टिङ गरेको भन्दै नेपालले आपत्ति जनाएको छ ।

कुनै जानकारी र समन्वयविना ¥याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ । पत्रमा ¥याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अबदेखि यस्तो नगर्न भनिएको छ ।

नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन । सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको ¥याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ ।

पिथौरागढको झुलाघाटमा रहेको एसएसबीको शिविरमा भएको बैठकमा बैतडी प्रशासनले पूर्वजानकारी र समन्वय गरेर मात्र यस्ता गतिविधि गर्न भनेको छ । भारतीय पक्षले अबदेखि समन्वय गर्ने बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने ‘हामीले यो बिषय बैठकमा पनि उठाएका छौं । अब उपारान्त यस्ता गतिविधि गर्दा समन्वय गर्ने भनेका छन् ।’

सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नुपहिले दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर भारतले त्यसो नगरेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

विपद् सम्बन्धि पूर्वअभ्यासका लागि धार्चुलादेखि टनकपुरसम्म र्याफ्टिङ गरिएको बैठकमा उनीहरुले बताएपनि औपाचारिक रुपमा कुनै जानकारी नदिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update