Sagun Khabar
बैतडीका युवक जीवन बुडाल मृत्यु प्रकरण : पिकनिक गएकाहरुसंग सोधपुछ 

बैतडी – पिकनिक मनाउन बैतडीको दशरथचन्द नगरपालिका–६, शेरा गएका युवा जीवन बुडालको शव आइतबार चौलानी नदीबाट निकालिएको छ ।  दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ वर्षीय जीवन बुडाल राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेको खुलेको छ । परिवारको रोहबरमा प्रहरीले लाइफ ज्याकेटको प्रयोग गरि बुडालको शव आइतबार नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

शनिवार दिउँसो जीवन बुडालसहित १२ जना साथी पिकनिक मनाउन चौलानी नदी किनारमा गएका थिए । ती मध्ये बुडाल राति चौलानी नदीमा मृत भेटिएका प्रहरीले जनाएको छ । 

मृतक युवाको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको छ । शवको पोष्टमार्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायव उपरीक्षक शाहीले बताए । 

घटना बारे प्रहरीले पिकनिकमा सहभागी भएका अन्य ११ जनामाथि सोधपुछ गरिरहेको छ । पिकनिक मनाउनसंगै गएकाहरुसंग सोधपुछ भइरहेको र घटनाका बिषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update