बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं –३ तडीगाउँस्थित बासुदेव आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा अध्यक्ष शम्भुप्रसाद भट्टको अध्यक्षतामा बसेको अभिभावकहरुको भेलाले भानदेव भट्टको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
९ सदस्यीय समितिमा वडा सदस्य जानकी टेलर पदेन सदस्य रहेका छन् भने प्रधानाध्यापक सुन्दरदेव भट्ट सदस्य सचिवमा रहेका छन् ।
यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । भूतपूर्व विद्यार्थी तर्कराज भट्टको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ गठन गरिएको शिक्षक प्रविन धामीले बताए ।
सर्वसम्मत विव्यस अध्यक्षमा चयन भएका भानदेव भट्टले नमूना विद्यालय बनाउनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पुरानो शैक्षिक संस्थाको रुपमा स्थापित बासुदेव आधारभूत विद्यालयको सर्वाङ्गिण विकासका लागि आफू पहल गर्ने अध्यक्ष भट्टले बताए । सबै सरोकारवालाहरुसंगको समन्वयमा विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउने उनको भनाइ रहेको छ ।





