Sagun Khabar
बैतडीमा शिक्षकले जनप्रतिनिधिलाई कुटे 
सांकेतिक तस्बिर

बैतडी –बैतडीमा एकजना शिक्षकले जनप्रतिनिधिलाई कुटपीट गरेको आरोप लागेको छ । जिल्लाको सिगास गाउँपालिका ६ स्थित गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्णबहादुर साउँदलाई कुटपिट गरेका हुन् । 

शेरा लेकम सिँचाई सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य सोमबार कृष्णमाथी कुटपिट गरेको आरोप लागेको छ । वडा सदस्य साउँदको टाउको र औँलामा चोट लागेको छ  । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको  बताए । उनले भने ‘सेरा लेकम सिँचाइ आयोजनाको बिषयमा म माथि कुटपीट भएको छ । मेरो औंला र टाउकोमा चोट लागेको छ ।’

घटनाका बिषयमा बुझ्न खोज्दा वडा अध्यक्ष तेजबहादुर साउँदले आफू काम विषेशले धनगढीमा रहेको बताए । कार्यबहाक अध्यक्षको रुपमा कृष्ण बहादुर साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको उनले बताएका छन् । 

घटनाको बिषयमा जानकारी आएको र वडा अध्यक्ष धनगढीबाट फर्केपछि यो बिषयमा छलफल गरिने गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताइन् । 

कुटपीट गरेको आरोप लागेका शिक्षक महेन्द्र साउँदले भने आफूलाई पहिला कुटपीट गरेको र त्यसपछि आफूले प्रतिकार गरेको उनले बताए । उनले भने ‘मलाई उपभोक्ता समिति गठन भइसकेको अवस्थामा वडासदस्यले मलाई गालीगलौज गरेर हातपात गरेका हुन् । त्यसपछि मैले पनि प्रतिकार गरेको हुँ ।’

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update